Dashain Suvakamana

उन्मुक्तिले पनि समर्थन फिर्ता लिने, मुख्यमन्त्री शाहकाे पद धरापमा

Ajai

धनगढी। नागरिक उन्मुक्ति पार्टी नाउपाले काङ्ग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टी अध्यक्ष रन्जिता श्रेष्ठको अध्यक्षतामा टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्यहरूको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको संस्थापक केन्द्रीय सदस्य दामोदर पण्डितले जानकारी दिए ।

पार्टीले समर्थन फिर्ता लिने निर्णय गरे सँगै अल्पमतमा रहेको सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहकाे सरकार थप धरापमा परेकाे छ ।संस्थापक केन्द्रीय सदस्य रमेश बिकले सबै तहकाे सरकारमा सत्ता गठबन्धनलाई समर्थन गरेर अघि बढ्ने निर्णय गरेकाे जानकारी दिए । २१ जना केन्द्रीय सदस्य मध्ये बैठकमा १२ जना सहभागी थिए । प्राविधिक समस्याका कारण केही केन्द्रीय सदस्य बैठक सहभागी हुन नसकेको बिक बताउँछन् ।

यसअघि नाउपाका संरक्षक रेशमलाल चाैधरी पक्षीय संस्थापक केन्द्रीय सदस्यकाे बैठकले प्रचण्ड नेतृत्वकाे सरकारलाई समर्थन नगर्ने निर्णय गरेकाे थियोे तर अध्यक्ष श्रेष्ठले भने प्रचण्डलाई विश्ववासकाे मत दिन ह्ववीप लगाएकी थिईन् ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.