धनगढी।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पुनः मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले सोमबार नागरिक उन्मुक्ति पार्टी (नाउपा)का प्रदेश सांसद लक्ष्मणकिशोर चौधरीलाई विना विभागीय मन्त्री नियुक्त गरेका छन्।
केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै अल्पमतमा परेका शाहले यसअघि शुक्रबार मात्र नाउपाका दुई मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका थिए । सोमबार लक्ष्मणकिशोरले मन्त्रीको सपथ लिएपछि नाउपाका ७ मध्ये ५ सांसद सरकारमा पुगेका छन्।
सरकारमा रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज भट्ट बाहेक मुख्यमन्त्री शाहसहित बाँकी सबै मन्त्री कैलालीका हुन् । अल्पमतमा रहेका मुख्यमन्त्रीलै मन्त्रिमन्डल समाबेशी बनाउनुभन्दा सरकार टिकाउन लागिपरेको भन्दै आलोचना हुने गरेको छ।

