सुदूरपश्चिमका मुख्यमन्त्री शाह अल्पमतमा

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह अल्पमतमा परेका छन् । नेकपा एकीकृत समाजवादीले दिएको समर्थन बिहिवार फिर्ता लिएपछि उनी अल्पमतमा परेका हुन् ।

यसअघि विहानै मुख्यमन्त्री शाहले आफु अल्पमतमा पर्ने गरेर नै सरकारमा सहभागी एकीकुत समाजवादी पार्टीबाटका आर्थिक मामिला मन्त्री नरेशबहादुर शाहीलाई बर्खास्त गरेका थिए । त्यस लगत्तै एकीकृत समाजवादी पार्टी संसदीय दलको बैठक बसी समर्थन फिर्ता लिएको एकीकृत समाजवादी पार्टी संसदीय दलका नेता दीर्घ सोडारीले बताए । माओवादी केन्द्रले बुधवार नै मुख्यमन्त्री शाहलाई दिएको समर्थन फिर्ता लिएको थियो । 

सुदूरपश्चिम प्रदेशमा काँग्रेसका एक जनाको मृत्यु भएपछि अहिले १८ जना प्रदेशसभा सदस्यहरू छन् । मुख्यमन्त्री शाहलाई नागरिक उन्मुक्ति पार्टीका ७ प्रदेशसभा सदस्यहरूको समर्थन बाँकी छ । नेपाली काँग्रेस र नागरिक उन्मुक्ति पार्टीका गरेर २५ जना प्रदेशसभा सदस्यहरूको मात्र मुख्यमन्त्री शाहलाई समर्थन रहेको छ । प्रदेशसभामा बहुमतका लागि २७ जना सदस्यको समर्थन आवश्यक हुन्छ ।

सुदूरपश्चिममा माओवादी केन्द्रका ११, एमालेका १०, एकीकृत समाजवादीका चार, राष्ट्रिय प्रजातन्त्र पार्टीका एक र स्वतन्त्र एक प्रदेश सभा सदस्यहरू मुख्यमन्त्रीको विपक्षमा भएका छन् । मुख्यमन्त्री शाहको विपक्षमा २७ प्रदेशसभा सदस्यहरू भएका छन् । केन्द्रीय राजनीतिमा भएको परिवर्तनका कारण सुदूरपश्चिम सरकारसमेत सङ्कटमा परेको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.