माओवादीद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

धनगढी। नेकपा (माओवादी केन्द्र)ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बिहान बसेको संसदीय दलको बैठकले यस्तो निर्माण गरेको माओवादी संसदीय दलका नेता मनबहादुर धामीले जानकारी दिए।

उनका अनुसार बैठकले आफ्नै दलको नेतृत्वमा प्रदेश सरकार गठनको पहल गर्ने निर्माण समेत गरेको छ । यसकालागि केन्द्रीयस्तरको कार्यदलको निर्माण पर्खेको उनको भनाई छ ।

हिजो मुख्यमन्त्री कमल बहादुर शाहले माओवादीका दुई मन्त्री र एक राज्यमन्त्री बर्खास्त गरेपछि आज सरकारको समर्थन फिर्ता लिन माओवादी केन्द्रले संसदीय दलको बैठक आह्वान गरेको थियो।

आफ्ना मन्त्रीहरूलाई सरकारले बर्खास्त गरेको भोलि पल्टै माओवादीले आफ्नो समर्थन फिर्ता लिन लागेको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.