धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साँउदबाट असुरक्षा भएको भन्दै प्रहरीमा दिएको उजुरी सामान्य रहेको र मिलिसकेको कैलाली प्रहरीले बताएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले भने- ‘मन्त्री ज्यू को नाम आएपछि बुझेको र त्यही कुरो उजुरकर्तासँग राखेपछि केश मिलिसक्यो।’
बझाङको बुंगल नगरपालिका–१ का धनबहादुर बोहराले मन्त्री साँउदलाई दिएको पैसा माग्दा ज्यान मार्ने धम्की दिएको भन्दै सोमबार जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएका थिए। तर, आज (मंगलबार) विहान उनै बोहरा हाम्रो (मन्त्री जी र मेरो) कुरो मिलिसकेको भन्दै प्रहरीमा दर्ता भएको निवेदन फिर्ता लागे।’
‘हाम्रो कुरो मिलिसक्यो हजुर, यसो सामान्य मनमोटाव भएको हो निवेदन फिर्ता पाउँ भनेर बोहरा आफै प्रहरीमा आइपुगेका छन्,’ प्रहरी प्रवक्ता चन्दले भने।
उता, उजुरीकर्ता धनबहादुर बोहराले मन्त्रीसँग सामान्य मनमोटाव भएपछि आबेगमा आएर निबेदन गरेको, अब कुरा मिलिसकेको सुदूर आवाजसँगको टेलिफोन कुराकानीमा बताए।