धनगढी। आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिममा सत्तारुढ गठबन्धनका र नेकपा (एमाले) का उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।
सोमबार धनगढीस्थित निर्वाचन आयोगको प्रदेश निर्वाचन कार्यालय धनगढीमा सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका २ जना, माओवादीका १ जना र एमालेका ३ उम्मेदवारको उम्मेदवारी दर्ता भएको हो ।
निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टकाअनुसार सत्तारुढ गठबन्धनबाट काँग्रेसले अन्यबाट कञ्चनपुरका बलदेव बोहरा र अपाङ्ग तथा अल्पसङ्ख्यकमा कैलाली कांग्रेसका सभापति नारायणदत्त भट्टले उम्मेदवारी दर्ता गरेका छन्।
यस्तै, सत्ता गठबन्धनबाटै महिलाबाट माओवादी केन्द्रका रेनु चन्दले उम्मेदवारी दर्ता गरेको छ ।
एमालेबाट अन्यमा कञ्चनपुरका ईश्वरीप्रसाद खरेल, महिलामा कैलालीकी सावित्री घिमिरे र अपाङ्गता/अल्पसङ्ख्यकमा कैलालीकै रामचन्द्र जोशीलाई उम्मेदवारी दर्ता गराएको छ।