राष्ट्रियसभाको ३ सीटमा सुदूरपश्चिमवाट काँग्रेस ८२, माओवादीका २१ आकँक्षी

धनगढी । आउदो माघ ११ गते सुदूरपश्चिमवाट राष्ट्रियसभा सदस्य पदकालागि हुने निर्वाचनमा सत्ता गठबन्धन दलका आकंक्षी उम्मेदवार धेरै देखिनुभएको छ । सुदूरपश्चिममा ३ पदकालागि नेपाली काँग्रेसले ८२ जना र नेकपा (माओवादी केन्द्र)ले २१ जनाको नाम पार्टी केन्द्रमा सिफारीस गरेको छ ।

जिल्ला तहबाट सिफारिस भइ आएका नामावलीलाई प्रदेश समितिले पनि जस्ताको त्यस्तै केन्द्रीय समितिलाई पठाएको काँग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री नरनारायण शाहले जानकारी दिए । उनकाअनुसार सबैभन्दा बढी कैलाली जिल्लाबाट सोह्र जना, त्यसपछि अछामवाट १४ जना, डोटीवाट ११, बाजुरावाट दश जना, बैतडी, दार्चुला र कञ्चनपुरवाट आठ–आठ जना, डडेल्धुरावाट ५ र बझाङ्गवाट अर्जुनजङ्ग बहादुर सिंहको मात्र नाम आएकोमा सबैलाई सिफारिस गरिएको हो ।

यी नाममा पूर्वमन्त्री, सांसददेखि केही नयाँ युवा अनुहाँर पनि रहेको छन् । यस्तै, सत्तागठबन्धनको अर्को ठूलो दल नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीले पनि राष्ट्रियसभा सदस्यको निर्वाचनकालागि २१ जनाको नाम पार्टी केन्द्रमा सिफारिस गरेको छ । माओवादी केन्द्रको प्रदेश कार्यालयका सचिव उद्धव भट्टराइकाअनुसार खुलातर्फ ९ तथा अपाङ्गता र महिलाबाट ६/६ जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाइएको हो ।

उनकाअनुसार माओवादीले प्रदेशबाट खुलातर्फ देवराज रेग्मी (बझाङ), टीकाराम जैसी (कैलाली), दीपक साउँद (अछाम), देवीलाल चौधरी (कञ्चनपुर), लालबहादुर सोडारी (कैलाली), लक्ष्मणदत्त जोशी (दार्चुला), दुर्गा अधिकारी (कैलाली), गोविन्द तिमिल्सिना (कैलाली) र लोकेन्द्र लम्साल (कञ्चनपुर) को नाम सिफारिस गरेको छ । त्यस्तै अपाङ्गतातर्फ गम्भीर थापा (बझाङ), जितबहादुर करिया (कञ्चनपुर), प्रेम बयक (कैलाली), दीपेन्द्र रावल (अछाम), जंगबहादुर बिक (डोटी) र संजय कट्टेल (बाजुरा) को नाम सिफारिस गरिएको छ ।

महिलातर्फ रेनु चन्द (बैतडी), सरु चौधरी (कैलाली), मोतीकला चलाउने (अछाम), अञ्जिता श्रेष्ठ (डोटी), लिला कुँवर (दार्चुला) र बिमला सिंह (कैलाली) को नाम सिफारिस गरिएको माओवादी प्रदेश कार्यालय सचिव भट्टराईले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.