प्रकाश सपूतको ‘मुटु कटक्कै’ युटुबमा राख्नेवित्तिकै भाइरल (हेरौ)

काठमाडौंँ । गायक प्रकाश सपूतले नयाँ गीत ‘मुटु कटक्कै’ सोमबार सार्वजनिक गरेका हुन् । मायामा पीडाको कथा ब्यक्त गरिको गीतले सार्वजनिक भएको २४ घन्टा नबित्दै ४ लाख ६० हजार बढी भिउज पाउँदै युट्युब ट्रेन्डिङको १० स्थानमा आएको छ ।

गीतमा शब्द तथा संगीत सपूत स्वयम्को छ भने स्वरमा उनलाई कुशल बेलबासे र प्रताप दासले साथ दिएका छन् । गीतको एरेन्ज सुदिप सागरले गरेका हुन् । मायामा पीडा पाउने पुरुषलाई मन बहलाउने ठाउँ हुने तर महिलालाई नहुने विषय उठान भएको गीतमा प्रकाश सपूत, कुशुम शर्मा, रोशनी कार्की, विजय पून लगायतको अभिनय छ ।

नवराज उप्रेतीको छायाँकन, प्रविन भट्टको सम्पादन रहेको गीतको भिडियो गायक सपुत आफैंले निर्देशन गरेका हुन् ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.