धनगढी। नयाँ ब्यबस्थापनका साथ संचालनमा आएको धनगढीकै चर्चित फीस रिसोर्टले पुसे १५ र न्यु ईयर ईभको बिशेष कार्यक्रम आयोजना गर्न लागेको छ। युवा पिडीमा आफ्नो परम्परागत सांस्कृतिक जगेर्ना गराउन रक स्टार मिडिया हाउसको आयोजनामा फीस रिसोर्टमा कार्यक्रम हुन लागेको हो।
कार्यक्रम स्थलमै पत्रकार सम्मेलन गरेर कार्यक्रम बारे जानकारी दिदै रक स्टारका अध्यक्ष जितेन्द्र रावलले राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साथमा कार्यक्रमको आयोजना गरिने बताए। कलाकारहरुमा राष्ट्रिय गजल गायक राज सागर, डिजे रकेट, स्टार सोस्यारा, धिर विक्रम सिंह, भिजी डान्स स्टुडियोको प्रस्तुति रहने उनले जानकारी दिए।
अबेर रातीसम्म सञ्चालन हुने उक्त कार्यक्रमकालागि समयको पावन्दीका कारण समस्या रहेपनि यातायात र सुरक्षाको ब्यबस्था मिलाइएको रावलले बताए ।