फारवेस्ट पशुपति कप: स्टार सिटी र आयोजक फारवेस्ट सेमिफाइनलमा

धनगढी । धनगढी रंगशालामा भइरहेको एनआरएनए छैठौ फारवेस्ट पशुपति कप फुटवल प्रतियोगिताको मंगलबार जित हात पार्दै स्टार सिटी र आयोजक फारवेस्ट सेमिफाइनलमा पुगेका छन् ।

पहिलो क्वाटरफाइनल खेलमा स्टार सिटी युवा क्लबले घोडाघोडी युवा क्लब सुख्खडलाई १–० ले हरायो । स्टार सिटीका लागि क्षितिज भण्डारीले एकमात्रै निर्णायक गोल गरे । दोस्रो हाफको ७ मिनेटमा पाइएको पेनाल्टीलाई क्षितिजले गोल गरे । निर्णायक गोलकर्ता उनी म्यान अफ द म्याच समेत बने । उनले ५ हजारसहित ट्रफी पाएका छन् ।

दोस्रो क्वाटरफाइनलमा आयोजक फारवेस्ट पशुपति युवा क्लब विजयी हुॅदै सेमिफाइनल पुगेको छ । पहिलो खेलमा वाइ पाएको फारवेस्टले पुनर्वास युनाइटेडलाई ८–७ ले हराएको हो । निर्धारित समय दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

फारवेस्टको जितमा गोलरक्षक लोकेश चौधरीले उत्कृष्ट प्रदर्शन गर्दै पुनर्वास युनाईटेडका दुई खेलाडीको प्रहार जोगाए । उनी म्यान अफ द म्याच समेत बने । उनले ५ हजारसहित ट्रफी पाएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.