धनगढी । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेश सचिब नन्दराज भट्टले आफ्नो पदबाट राजिनामा दिएका छन् । भट्टले सामाजिक सन्जाल फेसबूकमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय बिकसित घटनाक्रमले काम गर्ने बाताबरण नभएकोले र यो अबस्थामा अपाङ्गता अधिकार सुनिश्चित हुन् नसक्ने ठानेर राजिनामा दिएको बताएका छन् ।
उनले भनेका छन- ‘चरम ब्यक्तिवाद, लाचारिनपन, अबिस्वास, अस्तित्व स्वीकार नहुने, निति र निर्णयको कार्यान्वयन नहुने,बिधि बिधान मिच्ने, आन्दोलन, नियम बिपरित सामाजिक सन्जाल मिडिया बाजि गर्ने, आन्दोलन तुहाउने, अपांगता सवालमा तोडमोड गर्ने, जस्ता प्रवृत्ति हाबी भएपछि असह्य भयो ।’
