धनगढी। सुदूरको पनि दुर्गममा रहेका जनताको बिकासलागि आफु कटिबद्ध भएर लाग्ने सुदूपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री झपट बहादुर साउँदले बताएका छन । कैलालीको चुरेमा आयोजित सुदूपश्चिम प्रदेश स्ततरीय खुल्ला भलिबल चुरे कप २०८० प्रतियोगिता उद्धघाटन गर्दै मन्त्री साउँदले उक्त कुरा बताएका हुन ।
प्रतिगिताका प्रमुख अतिथि समेत रहेका मन्त्री साउँदले यस पालिकामा नमुना कबडल सहितको एउटा खेल मैदान बनाउनमा पहल गर्ने बताएका छन् । प्रदेश सरकारको खाका अनुसार यस गाउँपालिका एउटा नमूना बिद्यालय समेत निमार्ण गर्ने मन्त्री साउँदले बताए । कार्यक्रका बिशिष्ट अतिथि रहेका सुदूपश्चिम प्रदेशका प्रदेश सभा सदस्य प्रकाश बहादुर बमले आफुले निर्बाचनका बेलामा बोलेका बाचाहरु पुरा गरेरै छोड्ने बताएका छन ।
मन्त्री साँसदलाई ४ बुँदे ज्ञापन पत्र:
सुदूरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री झपट बहादु र साउँदलाई प्रतियोगिता आयोजक बसर युवा कल्बले ४ बुँदे ज्ञापन पत्र बुझाएको छ । जिल्ला सुगम रहे पनि गाउँपालिका भौगौलिकताका हिसाबले दुर्गम रहेको भन्दै कृषि,खेलकुद,पर्यटन र व्यापारको प्रचुर सम्भावना रहेकोले उक्त गाउँपालिका बिशेष ध्यानमा राखि बिकास गरी दिन आग्रह ज्ञापन पत्रमा लेखिएको छ ।
१.चुरेको पर्यटन क्षेत्रको व्यवस्थापन
२.चुरे गाउँपालिका अन्र्तगत खेलकुद मैदान
३.कृषि अनुदान तथा उचित बजार व्यवस्थापन
४.शैक्षिक कार्यक्रमहरु
दुई खेलाडी सम्मानित
कल्बले गाउँपालिकाका २ जना खेलाडीहरुलाई सम्मान गरेको छ । गाउँपालिकाबाट प्रतिनिधित्व गर्दै कबडी खेलमा क्षेत्रीय खेलखलेको बन्दै कृष्णा क्षेडाल र सोही गाउँपालिका कै व्याटम्यान्टीमा क्षेत्रिय खेल खेलेका चक्र बिसीलाई सम्मान गरेको हो ।