तरकारी विक्री गर्न नपाएपछि कृषकहरुले हाटबजारमै फाले तरकारी

धनगढी । धनगढीस्थित त्रिनगर कृषि हाटबजारमा स्थानीय किसानले तरकारी बेच्न नपाएको भन्दै ल्याएका साग तरकारीहरु फालेएका छन् ।हाटबजारमा पुगेका कृषकहरुको परिचयपत्र नविकरण नभएको भन्दै नगर प्रहरीले विक्रीमा रोक लगाएपछि कृषकहरुले तरकारी फालेका हुन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर २ मोहना क्षेत्रमा उत्पादन गरिएका लौकी, फुलगोपी लगायतका तरकारीहरु विक्री वितरण गर्न नपाएपछि कृषकहरुले आफैले फालेको नगर प्रहरीले जनाएको छ । ‘हामी विहानै अनुगमनमा जाँदा कृषक परिचयपत्र मागेका थियौं । हामीले हेर्ने त्यही हो । त्यो नविकरण भएको थिएन’ नगर प्रहरी प्रमुख पदमबहादुर गैरेले भने –‘कार्ड नविकरण गर्न जानु भन्दा उनीहरु आवेगमा आएर तरकारी फालेका हुन् ।’ उनले तीन जना कृषकहरुले तरकारी त्यही फालेको बताए ।

स्थानीय नारायण सत्यालले कृषकहरुले उत्पादन गरेको तरकारीहरु विक्री गर्नमा स्थानीय सरकारले रोक लगाउनु उपयूक्त नभएको बताए । उनले भने–‘हाटबजार सबैको हो । स्वदेशमै उत्पादन भएका तरकारी तथा कृषीजन्य उपजहरु निर्वाध रुपमा विक्री गर्न पाउनुपर्छ ।’ उनले कृषकहरुले हाटबजारमै खुल्ला रुपमा फाल्ने अवस्था आउनु दुखद घटना भएको बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.