एमाले सुदूरपश्चिममा अध्यक्षका तीन आकांक्षिलाई यसरी मिलाईदै

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि नेताहरूले सहमतिको प्रयास भइरहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहमतिका आधारमा नेतृत्व चयन गर्न निर्देशन दिएर काठमाडौँ फर्किएपछि नेताहरु सहमतिको प्रयामा लागेका हुन् ।

यसअघि अध्यक्षमा आकांक्षा राखेका कमल तिमिल्सिना, कृष्णप्रसाद जैशी र वचनबहादुर सिंहलाई सँगै राखेर समेत ओलीले नेतृत्वको निर्देशन पालन गर्न भनेका थिए । ओली फर्किएपछि महासचिव पोखरेलले सहमतिको वातावरण बनाउन नेताहरुसँग छलफल थालेपछि आइतबार साँझ बन्द सत्र सुरु हुन सकेन । अहिले पनि छलफल जारी रहेको बताइएको छ। 

तीन जना आकांक्षी मध्ये एक जनालाई केन्द्रीय कमिटीमा पठाउने र दुई जनालाई प्रदेश कमिटीको पदाधिकारी हुने गरी व्यवस्थापन गर्न सकिने विकल्पमा छलफल चलिरहेको नेताहरुले बताएका छन् । जस अनुसार कृष्णप्रसाद जैशीलाई अध्यक्ष र वचनबहादुर सिंहलाई सचिब बनाएर कमल तिमिल्सिनालाई केन्द्रीय कमिटीमा लैजाने कुरो चलिरहेको बताइएको छ। तर, सहमति नै भैसकेको छैन।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.