Dashain Suvakamana

पहाडमा खाध्यान्न र तराईमा तरकारी महंगियाे

धनगढी । सुदूरपहाडी जिल्लाको ‘लाइफलाइन’ का रुपमा रहेकाे भीमदत्त राजमार्गमा एक सातादेखि यातायातका साधन चल्न नसक्दा पहाडी जिल्लामा खाध्यान्न लगायत दैनिक उपभाेग्य बस्तुकाे अभाव देखिन थालेकाे छ । यस्तै तराईका कैलाली कञ्चनपुरमा तरकारी दाेब्वरले महंगिएकाे छ ।

पहाडी जिल्लाबाट नियमित रुपमा तरकारी ढुवानी हुन नसकेपछि तराईमा मूल्य आकासिएको हो । अहिले पहाडी जिल्लाहरुबाट आउने आलु, बन्दा, काउली, बोडी र टमाटर लगायतको मूल्य दोब्बर पुगेको छ । ‘आलु ल्याउनै सकिएको छैन, ल्याएपछि भाडाले मूल्य दोब्बर भएको छ,’ महेन्द्रनगरस्थित सब्जीमण्डीका व्यवसायी विश्रामसिंह धामीले भने, ‘एक हप्तामा आलुको मूल्य दोब्बर भएको छ ।’

४०देखि ५० रुपैयाँमा पाइने आलु अहिले प्रतिकिलो ८० सम्म पुगेको छ । आलु मात्रै होइन बन्दा, काउली, बोडी, मुला र टमाटरको मूल्य समेत अनपेक्षित रुपमा बढेको छ । अहिले बन्दा प्रतिकिलो ६० रुपैयाँमा बिक्री भइरहेको छ । एक हप्ताअघिसम्म बन्दाको मूल्य ४० थियो । काउली प्रतिकिलो ५० देखि बढेर ७० पुगेको छ । ‘डडेलधुराबाट पठाएको काउली चार दिनपछि महेन्द्रनगर पुग्यो,’ सब्जीमण्डीका अर्का व्यवसायी मानबहादुर पालले भने, ‘आधाभन्दा बढी बाटोमै बिग्रेर आएको छ, अब कतिमा कसरी बिक्री गर्नु ।’

पहिराेले सडक अवरुद्धपछि तराईबाट ढुवानी ठप्प भएर पहाडमा दैनिक उपभोग्य वस्तु, इन्धन र औषधिको अभाव हुन थालेको छ। एम्बुलेन्ससमेत नचल्दा कतिपय सिकिस्त बिरामी थप उपचारका लागि धनगढी आउन सकेका छैनन्। खाध्यन्न लगायत दैनिक उपभाेग्य बस्तुहरुकाे अभाव देखाएर व्यपारीहरुले हरेक समानकाे मुल्य बढाएकाे स्थानीयले बताएका छन् ।

अवरुद्ध सडककाे पहिराे हटाइ समान्य ट्याक खुलेपनि लगातार बर्षा भैइरहेकाेले यातायातका साथन सुचारु गर्न नसकिएकाे सडक विभागकाे गाेदावरीस्थित हेभी ईक्यूप्मेण्ट डिभिजनले जनाएकाे छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.