सुदूरपश्चिम सरकारमा नागरिक उन्मुक्ति सामेल, दुई मन्त्रीले लिए शपथ

धनगढीः  सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टी सामेल भएकाे छ । याेसँगै बुधवार सरकारले पूर्णता पाएको छ। मुख्यमन्त्री कमलबहादुर शाहले कांग्रेसका शिवराज भट्टलाई आन्तरिक मामिला तथा कानुनमन्त्री र नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरीलाई भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्।

यस्तै नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भूमी व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरिएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ। बुधवार नियुक्त भएका तीनै जनाले शपथ ग्रहण पनि लिइसकेको छन्।

आन्तरिक मामिला मन्त्रीमा नियुक्त भएका भट्ट बैतडीको प्रदेशसभा (ख) बाट निर्वाचित भएका थिए भने चौधरी कैलाली निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (ख) बाट निर्वाचित भएका थिए। माघ २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका शाहले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै सरकारलाई पूर्णता दिएका हुन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.