Dashain Suvakamana

अन्नकाे भण्डार मानिने कैलालीमा चामल किलाेकाे ११२

महङ्गी बढ्याे

Ajai

धनगढी । काेराना कालपछि आर्थिक मन्दीले व्यपार व्यबसाय खस्किएका बेला खाध्यान्न भने महङ्गीएकाे छ । अन्नकाे भण्डार मानिने कैलाली-कञ्चनपुरमै चामल प्रति केजीकाे ११२ रुपयाै भएकाे छ ।  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशलाई र स्थानीय तहहरुले पालिकालाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्य राखेपनि उक्त लक्ष्य पुरा हुन नसकेपछि मूल्यवृद्धि आकासिएको हाे ।

‘‘कृषिमा आत्मनिर्भर सुदूरपश्चिम प्रदेश’’ अभियान अन्तरगत भटमास, ओखर, सुन्तला, स्याउ, अदुवा, खाद्यान्न, बीउ, दूध, मासु र अण्डामा आत्मनिर्भर गराउन सबै जिल्लामा कार्यक्रम सञ्चालन गर्ने अघिल्लाे प्रदेश सरकारको योजना थियो । तर योजना अनुसार काम हुन नसकेपछि त्यस्ता सामानको मूल्य बढेको कतिपयकाे बुझाइ छ । तर अहिलेकाे सरकारले त्याे अभियानलाई काटेकाले झन मुल्य बृद्धि हुँदै जाने उनीहरुकाे भनाई छ ।

धनगढीमा अहिले ब्रोइलर कुखुराको मासु प्रति किलो ४६० रुपैयाँ पुगेको छ । लोकल कुखुराको मासु प्रति किलो ९५० रुपैयाँमा विक्री भइरहेको छ । जिउँदो लोकल कुखुरा ७५० रुपैयाँमा बिक्री भइरहेको छ । अण्डा एक क्यारेटको मूल्य ४४० रुपैयाँ छ । मसिनो चामल प्रति किलो ११२, मोटो चामल प्रति किलो ८१ रुपैयाँ पुगेको छ । दूधको मूल्य प्रति लिटर ९० रुपैयाँ पुगेको छ । यो मूल्य दर हालसम्मकै उच्च हो । खसीको मासु एक हजार २५०, बंगुरको मासु ४२०, माछा ४४० रुपैयाँ प्रति किलोमा बिक्री भइरहेको छ ।

राष्ट्रिय जनगणा २०७८अनुसार प्रदेशमा सामानको मूल्य बढ्नुका साथै माग बढ्दा पनि व्यापार घट्दो क्रममा छ । आर्थिक सर्वेक्षणले चालु आर्थिक वर्षमा थोक तथा खुद्रा व्यापारको २.९१ प्रतिशतले ऋणात्मक हुने अनुमान गरेको छ । यो दर अघिल्लो वर्ष ७.३९ प्रतिशत थियो । कृषि क्षेत्रको वृद्धिदर समेत घट्दै गएको छ ।

२०७६/७७ देखि २०७८/७९ सम्म कृषि क्षेत्रको वृद्धिदर क्रमशः ४.५८, ३, २.०१ थियो । निरन्तर ओरालोमा रहेको कृषि क्षेत्रको वृद्धिदर चालु आर्थिक वर्षमा १.६७ प्रतिशत हुने अनुमान गरिएको छ । गैरकृषि क्षेत्रको वृद्धिदर २.१३ प्रतिशत रहेने अनुमान गरिएको छ । यस्ताे अबस्थामा सरकार भने गैरजिम्मेवार देखिएकाे छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.