‘युवा वैज्ञानिकलाई प्रोत्सहन गरिनेछ’ सामाजिक मन्त्री साउँद

धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले युवा वैज्ञानिकलाई प्रोत्सहन गर्नका लागि विभिन्न कार्यक्रम तय गरिने प्रतिवद्धता गरेका छन् । नविन खोज, अनुसन्धान र विकास भन्ने उद्धघोषका साथ धनगढीमा आयाेजित दुई दिने युवा वैज्ञानिक सम्मेलन शुक्रबार उद्घाटन गर्दै मन्त्री साउँदले साे प्रतिबद्धता ब्यक्त गरेका हुन् ।

सम्मेलनमा रोवटिक्स फुटवल र यन्त्र रोवेटिक्स रेस सम्वन्धी प्रतिस्पर्धा भइरहेको छन् । फुटवलमा ११ र रेसमा १६ टीमका बीचमा प्रतिस्पर्धा भइरहेको हाे । दुईवटै विद्याका विजेता खेलाडीलाई पुरस्कार पनि दिइने भएको छ ।May be an image of 8 people, people smiling, motorcycle, scooter, dais and hospital ती प्रतियोगिताका लागि कैलाली कञ्चनपुर, बैतडी, बझाङ, दार्चुला लगायतका जिल्लाबाट आएका युवा तथा विद्यार्थीहरु दुई सय जना सहभागी छन् ।

युवा वैज्ञानिक सम्मेलनमा सुदूरपश्चिममा साथै सुर्खेत र काठमाडौबाट आएकाहरुले समेत विभिन्न खालका प्रदर्शनी र सिकाउने काम गरिरहेको मुल आयोजक सुदूरपश्चिम प्रदेश सरकार अन्तरगतको प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष युवराज कुँवरले बताए । दुई दिने कार्यक्रममा उत्कृष्ट प्रदर्शनी गर्ने समूह वा व्यक्तीलाई एक लाख रुपियाँ पुरस्कार दिने कार्यक्रम पनि रहेको छ ।

सम्मेलनमा युवालाई प्रोत्साहन गर्न कसले के गर्ने र युवा वैज्ञानिकको विकेन्द्रीकरणका विषयमा छलफल पनि चलाइएको छ ।May be an image of 4 people, dais and text

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.