धनगढी बजारकाे सडक निर्माण शिलान्यास

धनगढी । सुदूरपश्चिम प्रदेश मुकाम रहेकाे धनगढी बजारको मुख्य सडक अन्तर्गत कैलाली पुलदेखि क्याम्पस रोड सडक खण्डको निर्माण कार्यको आज शिलान्यास गरिएको छ । मंगलबार एक कार्यक्रमकावीच सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले सडकको शिलान्यास गरेका हुन्।

प्रदेश सरकारले  ५१ करोड ६९ लाख रुपैयामा  २ किलोमिटर ३ सय मिटर लम्बाई रहेको कैलाली पुल-क्याम्पस चोक सडक खण्ड निर्माणको ठेक्का सम्झौता गरेसंगै सो सडकको शिलान्यास गरिएको हो । सडक ३० मिटर चौडा बन्नेछ। केएस कन्स्ट्रक्सनसंग बैशाख २७ गते सडक निर्माणका लागि प्रदेश सरकारले गरेको यो ठेक्काको अबधि २४ महिना रहेको छ ।

प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेशसिंह धामी, धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाल, उप-प्रमुख कन्दकला कुमारी राना लगायतको उपस्थितिमा भौतिक पूर्बाधार विकास मन्त्री देउवाले सडकको शिलान्यास गरेका हुन् ।

धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले मुख्य सडक विस्तारका लागि खाली गर्ने ४२८ जना घर धनीलाई सम्मानसमेत गरिएकाे जानकारी दिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.