धनगढी । कैलाली खानीडाँडामा भारतीय अवैध कुखुरा बरामद गरिएको छ। गोदावरी नगरपालिका –४ बाट भारतबाट भन्सार छलीगरि ल्याइएका १३ सय किलोग्राम चार लाख ३८ हजार मुल्य बराबरका कुखुरा बरामद गरेको हाे ।
अस्थाई प्रहरी पोष्ट खानीडाँडाका प्रहरी सहायक निरीक्षक प्रेम कुमार शाहका अनुसार बरामद गरेका कुखुरा, गाडी र चालकलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मार्फत भन्सार कार्यालय कैलाली पठाइएकाे छ ।
स्थानीय जातका कुखुरा पाल्दै आएकाे भनेर बर्षेनी सरकारी अनुदान खाने ब्यवसायीहरु खानीडाँडा क्षेत्रमा धेरै छन् । तर भारतबाट भन्सार छलीगरि अबैध ल्याइएका कुखुरा त्यँहा भेटिनुले उनीहरुकाे नियतमाथि शंका उब्जिएकाे छ ।