माओवादीबाट रमेश धामी र झपट साउँद मन्त्री बन्दै, गीता राज्यमन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा सामेल हुने माओवादी केन्द्रले मन्त्रीको नाम टुंगो लगाएको छ । आज विस्तार हुने मन्त्रीमण्डलमा नेकपा (माओवादी केन्द्र) का झपटबहादुर साउद (अछाम)  सामाजिक विकास मन्त्री र रमेशसिंह धामी (कैलाली) उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री हुने भएका हुन् ।

माओवादीबाटै गीता माल (डडेलधुरा) राज्यमन्त्री हुने भए पनि उहाँको मन्त्रालय बारे टुङ्गो नलागेको माओवादी संसदीय दलका नेता खगराज भट्टले बताए । शपथ ग्रहण आजै गर्ने तयारी भइरहेको भट्टको भनाइ छ ।

माओवादी केन्द्रका अध्यक्ष एवं पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको परामर्शपछि प्रदेशमा नाम टुंगो लगाइएको उनकाे भनाई छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.