यौन दुर्व्यवहार मुद्दामा अमेरिकी पूर्व राष्ट्रपति ट्रम्प दोषी ठहर

काठमाण्डौ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन  दुर्व्यवहार सम्बन्धी एक मुद्दामा दोषी ठहर भएका छन् । उनलाई न्युयोर्कको एक अदालतले यौन दुर्व्यवहारमा दोषी ठहर्‍याउँदै पीडितलाई क्षतिपूर्ति बापत ५० लाख डलर दिनुपर्ने फैसला सुनाएको हाे । 

एक म्यागेजिनकी लेखिका ई. जीन केरलले सन् १९९० मा ट्रम्पले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाउदै ट्रम्पमाथि आफ्नो मानहानी गरेको आरोप समेत लगाएको थियो । यो मुद्दामा पूर्व राष्ट्रपति ट्रम्पलाई अदालतले दोषी ठहर्‍याएको बीबीसीले जनाएको छ । तर अदालतले जीन केरलले लगाएको बलात्कार आरोपमा भने ट्रम्पलाई दोषी ठहर्‍याएको छैन ।

७६ वर्षका ट्रम्पमाथि अवैध तरिकाले अर्बौँ डलरको सम्पत्ति जम्मा गरेको, ह्वाइटहाउसबाट महत्वपूर्ण कागजात गायब पारेको, राष्ट्रपति चुनावको परिणाम अस्वीकार गर्दै आफ्ना समर्थकलाई संसद भवनमा आक्रमणका लागि उक्साएकोलगायतका आरोप पनि छन् ।

ट्रम्पले अदालतको फैसलामा असन्तुष्टि जनाउनुभएको छ । साथै उहाँले फैसलाविरुद्ध अपिल गर्ने प्रतिक्रिया दिएका छन् ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.