महाकालीमाथिकाे चार लेन पुल पुनः सञ्चालनमा आउदै

कञ्चनपुर । महाकाली नदीमा निर्माण गरिएको चार लेनको पक्की पुल शुक्रवारदेखि पुनः सञ्चालनमा आउने भएको छ। पुलको दुवैतर्फ विंगस वाल निर्माण (पर्खाल) गर्नुपर्ने भन्दै गत चैत १० गतेदेखि बन्द गरिएको उक्त पुल शुक्रवारदेखि सञ्चालनमा आउने भएको हो।

पहुँच मार्गको काम अन्तिम चरणमा रहेकोले शुक्रवारदेखि पुलको एकतर्फको दुई लेन खोलेर आवागमन सहज पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सिएफइसी जेभीका इन्जिनियर किशोर पाण्डेयले जानकाी दिए । उनले पुलको वाल निर्माणको काम सम्पन्न भएकाले एकतर्फको दुई लेन खोलेर आवातजावतमा सहज बनाउने बताए।

दुवैतर्फ पर्खाल निर्माण भएकाले पुलको काम झण्डै पूरा भएको छ। पर्खाल निर्माणसँगै पुलको पूर्वतर्फ पोखरीको काम पनि चलिरहेको छ। इन्जिनियर पाण्डेयले बताए। पुलको डिजाइनअनुसार दुवैतर्फ ६ सय मिटर चौडा र २६ सय मिटर लम्बाइका दुई पोखरी निर्माण गर्नुपर्नेछ। पुल बन्द हुँदा स्थानीयहरुलाई आवत जावत गर्न समस्या भएको थियो। स्थानीयहरुले पुलको सट्टा बैकल्पीक बाटो प्रयोग गर्दै आएका थिए। 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.