सुदूरपश्चिम प्रदेश सरकार विस्तारमा ढिलाइ, कामकाज अस्तब्यस्त

धनगढी । प्रदेशसभाकाे दाेस्राे कार्यकालकालागि चुनाव भएकाे पाँच महिना बितिसक्दा पनि सुदूरपश्चिम प्रदेशमा एक स्थिर सरकार गठन हुन नसक्दा विगत छ/सात महिनायता नियमित काम बाहेक सबैजसाे अस्तब्यस्त रहेकाे छ ।

चुनाव लगत्तै प्रदेशसभाका बहुमत सदस्य आफुसँग रहेकाे दावी पेश गर्दै एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावल मुख्यमन्त्री बनेकाे एक महिनामै बिश्वासकाे मत नपाएर ढले । अनि संबैधानीक प्रावधानअनुसार प्रदेश प्रमुखले सबैभन्दा ठूलाे दलकाे हैसियतमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलवहादुर शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरे । प्रदेशसभाको ठूलो दलको हैसियतमा कांग्रेसका कमलबहादुर शाह माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका हुन्। त्यस क्रममा उनले दुई वटा मन्त्री नियुक्त गरे पनि बाँकी ४ वटा मन्त्रालय अहिलेसम्म पनि खाली छन्।

मुख्यमन्त्रीमा नियुक्त भएकाे दुई महिना र सदनबाट बिश्वासकाे मत लिएकाे महिना दिन पुग्दापनि उनले पनि सरकार बिस्तार गर्न सकेका छैनन् । पहिलाे कार्यकालकाे सरकारले ल्याएकाे चालु आर्थिक वर्षका कार्यक्रम तथा याेजनाहरु कार्यान्वय र आगामी आर्थिक वर्षको बजेटबारे छलफल सुरु गर्नुपर्ने बेला पनि सरकार मन्त्रालय बाँडफाँडमा भागबन्डा नमिल्दा सुदूरपश्चिम प्रदेश सरकार विस्तारमा ढिलाइ भएको छ। जनप्रतिनिधिहरु सरकार बनाउने र गिराउने कार्यमा मात्रै ब्यस्त रहँदा जनता भने निरास भएका छन् । जनतासँग प्रत्यक्ष जाेडिएका सबैजसाे काम लथालिङ परेका छन् ।

सरकारलाई पूर्णता दिने विषयमा सत्ता साझेदार दलहरुबीच यो अबधिमा एक पटक मात्र बैठक बस्यो, सत्ता साझेदार दलका एक सांसद भन्छन्, प्रदेशमा सरकार विस्तारका विषयमा छलफल गर्नेभन्दा पनि मुख्यमन्त्री काठमाण्डौंमा केन्द्रीय स्तरका नेताहरुसंग छलफलमा रुचि राख्छन् ।

पछिल्लाे केही दिनदेखि काठमाण्डाैंमा रहेका मुख्यमन्त्री शाह मन्त्रालय भागभण्डा गरी सरकारलाई पूर्णता दिन कसरतमा छन् । यसबारे शीर्ष नेतृत्वबीच छलफल सुरु भइसकेकोले अब चाँडै मन्त्रिमण्डलले पूर्णता पाउने मुख्यमन्त्रीको दाबी गरे।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.