धनगढी । सुदूरपश्चिम प्रदेशकै सबैभन्दा बढी विधार्थी रहेकाे धनगढीस्थित कैलाली बहुमुखी क्यम्पस लगायत सुदूरपश्चिम विश्वविद्यालयका १० वटा आङ्गिक क्याम्पसमा स्ववियुको नेतृत्वका लागि आज निर्वाचन हुँदैछ।
विश्वविद्यालयको अन्तर्गतका १५ क्याम्पस मध्ये १० क्याम्पसमा बिहान ८ बजेदेखि स्ववियु निर्वाचनका लागि मतदान भैइरहेकाे हो। कैलालीको धनगढीमा रहेको कैलाली बहुमुखी क्याम्पसमा र अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा बिहान ८ बजेदेखि मतदान जारी रहेको छ ।
कैलाली बहुमुखी क्याम्पसमा नेकपा एमाले सम्बद्ध अनेरास्ववियुबाट यमराज जोशी, नेविसंघबाट हरिस खत्री, अखिल क्रान्तिकारीबाट पवन सुनार, राप्रपाबाट नवीन शाह, स्वतन्त्र विद्यार्थी समूहबाट विष्णुकुमार साउद चुनावी मैदानमा छन्। यहाँ मिलन बिक, खगेद्रप्रसाद अवस्थी, ध्रुवराज न्यौपाने र बमबहादुर विकले पनि उम्मेदवारी दिएका छन्।
४ हजार ३४५ मतदाता रहेका छन्।अहिलेसम्म करीब ४० प्रतिसतकाे हाराहारीमा मत खसेकाे बताईएकाे छ ।