धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह फागुन २१ गतेभित्र विश्वासको मत लिने तयारीमा जुटेका छन्। गठबन्धनमा रहेका अन्य दल विश्वासको मत दिन तयार भए पनि माओवादी केन्द्रले पहिले शक्ति बाडफाँटमा सहमति हुनुपर्ने अडान राखेको छ।
मुख्यमन्त्री शाह माओवादीलाई सहमत गराउन छलफल गरिरहेका छन्। उनी माओवादीलाई सहमतिमा ल्याएर फागुन २१ गतेभित्र विश्वासको मत लिने तयारीमा रहेका काँग्रेसका एक संसदले बताए। विश्वासको मत लिन नसकेपछि एमालेका राजेन्द्रसिंह रावलको सरकार गत माघ २६ गते ढलेसँगै ठूलो दलको संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका कांग्रेसका कमलबहादुर शाहले फागुन २६ गतेभित्र विश्वासको मत लिइसक्नु पर्नेछ।
यसअघि एमालेका मुख्यमन्त्रीलाई विश्वासको मत नदिएको नागरिक उन्मुक्ति यस पटक कांग्रेसलाई भने विश्वासको मत दिन तयार रहेको स्रोतले बताएको छ।