धनगढी। सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्रीमा कमल शाह नियुक्त भएका छन् । संविधानको धारा १६८ को (२) अनुसार मुख्यमन्त्री रहेका राजेन्द्र सिंह रावलले ३० दिन भित्र विश्वासको मत लिन नसकेपछि धारा (३) अनुसार ठुलो दलको संसदीय दलको नेताकाे हैसियतले शाह मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
उनलाई प्रदेश प्रमुख देवराज जाेशीले अहिले साँझ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनले पनि एक महिनाभित्र बिश्वासकाे मत लिईसक्नु पर्ने प्रावधान छ । नवनियुक्त मुख्यमन्त्री शाहले भोली शुक्रवार सफथ ग्रहण गर्ने तय भएकाे बताइएकाे छ । यसअघि एमाले नेता रावल नेतृत्वको सरकारले विश्वासको मत नपाएपछि सुदूरपश्चिम प्रदेश सरकार ढलेको हो।
बिहीबार अपराह्न बसेको प्रदेशसभा बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री रावलले विश्वासको मतका लागि प्रस्ताव गरेका थिए।तर, विश्वासको मतको प्रस्ताव अस्वीकृत भएको छ। टीकापुर घटनाका कैदीबन्दीहरुलाई रिहाइ गरेपछि मात्रै मुख्यमन्त्रीलाई विश्वासको मत दिने नागरिक उन्मुक्ति पार्टीको निर्णयपछि सरकार ढलेको हो।
टीकापुर घटनाका कैदीबन्दीहरुलाई रिहाइ गरेपछि मात्रै मुख्यमन्त्रीलाई विश्वासको मत दिने नागरिक उन्मुक्ति पाटीले निर्णय गरेको थियो। उक्त पार्टीका ७ सांसद काठमाडौंमा छन्। आजको प्रदेश सभा बैठकमा सहभागी भएनन्।