सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको लिँदै

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिदैं छन् । उनले विश्वासको मत लिनका लागि दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पुस २७ गते रावल मुख्यमन्त्रीमा नियुक्त उनले एक महिनाभित्रै विश्वासको मत लिनु पर्ने कानुनी प्रावधान रहेको छ । कानुन अनुसार प्राप्त समय सीमाको आज अन्तिम दिन हो। ५३ सदस्यीय प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न २७ जनाको समर्थन आवश्यक छ ।

सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का ११, नेकपा (एमाले) का १०, नागरिक उन्मुक्ति पार्टीका सात र राप्रपाका एक गरी २९ जनाको समर्थनबाट मुख्यमन्त्रीमा नियुक्त भएका उनलाई टीकापुर घटनाका कैदीबन्दीहरुलाई रिहाइ गरेपछि मात्रै विश्वासको मत दिने नागरिक उन्मुक्ति पार्टीको अडानले मुख्यमन्त्री समस्यामा छन् । 

प्रदेश सभामा नेपाली काङ्ग्रेसबाट १९, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट चार र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको उपस्थिति छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.