धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्दसिंह रावलले भोलि प्रदेशसभामा विश्वासको मत लिने कार्यक्रम तय भएको छ । यसअघि समर्थन जनाएकाे नागरिक उन्मुक्ति पार्टीले बिस्वासकाे मत दिने वा नदिने भन्नेबारे केही निर्णय नगरेकाेले अहिलेसम्म के हाेला भन्ने सर्वत्र चासाे रहिरहेकाे छ ।
राजबन्दी रिहा गर्नुपर्ने आफूहरूको माग पूरा नभएसम्म कसैलाई पनि मत नदिने पार्टीका अध्यष रञ्जिता श्रेष्ठ चौधरीले बताइन् । यही विषयमा पार्टीका संरक्षक रेशम चौधरीसँग छलफल गर्न नागरिक उन्मुक्तिका सुदूरपश्चिम प्रदेश सभा सदस्यहरु अहिले डिल्लीबजार कारागार पुगेका छन्। नागरिक उन्मुक्तिका एक नेताका अनुसार रेशम चौधरीसँग प्रदेश सभा सदस्यहरुले ‘पावर शेयरिङ’का विषयमा छलफल हुनेछ।
गत माघ २७ गते नियुक्त भएका सुदूरपश्चिमका मुख्यमन्त्री रावलले बुधवार प्रदेश सभाबाट विश्वासको मत लिने र नागरिक उन्मुक्ति पार्टीले निर्णय गर्न नसकेकाले मुख्यमन्त्री रावल संकटमा छन्। सुदूरपश्चिममा माओवादीका सभामुख बाहेक १०, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र एक जना राप्रपाका प्रदेशसभा सदस्यहरुले सरकारलाई समर्थन गरेका छन्।
एमालेका मुख्यमन्त्रीसहित अन्य एक मन्त्री, माओवादीका एक मन्त्री नियुक्त भएका छन्। नियुक्त मन्त्री र बाँकी मन्त्रालयको भागबण्डा गर्न बाँकी छ।