धनगढी । सुदूरपश्चिम विकासकाे ढाेका मानिने धनगढी खुटिया दिपायल चैनपुर उरैभन्ज्याग सडक योजनामा तदारुकता बढाउन डाेटीबाट निर्वाचित संसद शिबसिं ओलिले पहल बढाएका छन् । सुदूरपश्चिम प्रदेशसभा सदस्य ओलीले संघीय भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई शनिबार भेटी उक्त याेजनामा तदारुकता देखाउन माग गरेका हुन् ।
दक्षिण भारतदेखि उत्तर तिब्बत चीन जाेड्ने यो सडक तराईका कैलाली-कञ्चनपुरबाट सुदूरपश्चिमको पहाडी जिल्ला डोटी र बझाङको जनताको आर्थिक, ब्यापारिक तथा सामाजिक रुपान्तरणको मेरुदण्ड साबित हुने भएकाले राष्ट्रिय गाैरबकाे याेजनामा पारेर कार्यान्वयन गर्न संसद ओलीले मन्त्रीसँग माग गरेका हुन् ।
विगत केही वर्षदेखि नेपाल सरकारले राष्ट्रिय याेजनाकाेरुपमा यस सडककाे निर्माण गर्दैआएकाे भएपनि कछुवा गतिमा रहेकाे छ । गत वर्ष धनगढीदेखि हाडखाेलीसम्म र डाेटी जिल्लाकाे दिपायलदेखि मेल्लेखसम्म गरी ४ खण्डमा कालोपत्रेको बहुबर्षिय ठेक्का भएको छ । २९६ किलाेमिटर लम्वाई रहेको यस सडकले भारत र चिनसँग छोटो दुरिमा जोड्छ ।
याेसँगै सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय गाैरवका थप याेजना समाबेश गर्न माग गरेकाे बताउदै सुदूरपश्चिम प्रदेशसभा सदस्य शिब सिं ओलीले भेटवार्तामा मन्त्री श्रेष्ठले सकारात्मक सन्देश दिएकाे जानकारी दिए ।