धनगढी । सुदुरपश्चिम प्रदेश सभामुखमा माओवादी केन्द्र तथा सत्ता गठबन्धनका उम्मेदवार भिमबहादुर भण्डारी निर्वाचित भएका छन् । आज मंगलबार बिहान बसेकाे प्रदेश सभाकाे बैठकवाट भण्डारी निर्वाचित भएका हुन् ।
भण्डारीकाे पक्षमा २९ मत परेकाे छ । यस्तै अर्का प्रत्यासी नेपाली काँग्रेसका मनाबहादुर रावलकाे पक्षमा २३ मत खसेकाे छ । यसअघि पुस ३० गते भएको सुदूरपश्चिम प्रदेश सभामाको सभामुख निर्वाचनमा तटस्थ बसेको नागरिक उन्मुक्ति पार्टीले आज सत्ता पक्षका उम्मेदवार भण्डारीलाई भाेट हालेका थिए ।