धनगढी । सुदूरपश्चिम प्रदेशमा सम्भवत: भाेलि बुधवारसम्म नयाँ मुख्यमन्त्रीकाे नियुक्ति हुने छ । नयाँ मुख्यमन्त्रीसँगै नयाँ सरकार गठन हुने भएकाले प्रदेशका संस्थापक मुख्यमन्त्री त्रिलाेचन भट्ट नेतृत्वकाे सरकार आज नै सबैलाई धन्यवाद ज्ञापन गर्न पत्रकार सम्मेलन गर्न लागेकाे छ ।
राजनीतिक अस्थिरतामा पनि प्रदेश सरकार पूर्ण कार्यकाल चलाउन सफल मध्येका एक मुख्यमन्त्री त्रिलाेचन भट्टले निस्कलंक रुपमा प्रदेश र प्रदेशबासीका लागि जे जति गर्न सके त्यसैमा सुन्तुष्ट छन् । उन र उनकाे सरकारकाे सही मुल्यङ्न भने भाेलिका दिनमा जनताले गर्ने नै छन् ।
आफ्नाे कार्यकालका यिनै विषयबस्तुलाई मिडिया मार्फत जनसमुदायमा पुराउन आज बिहान ११ वजे पत्रकार सम्मेलन गर्न लागेकाे मुख्यमन्त्री भट्टका स्वकीय सचिव प्रेम कुँवर (प्रख्यात)ले जानकारी दिए । पत्रकार सम्मेलनमा सरकारका सबै मन्त्रीहरु सहभागि हुने र साेही कार्यक्रममा प्रदेश सरकारकाे प्रगति संक्षिप्त पुस्तक पनि सार्वजनिक गरिने उनले बताए ।