सुदूरपश्चिमकाे मुख्यमन्त्री अहिले रावल दुई वर्षपछि भट्ट

धनगढी । सत्ता साझेदार दलहरुबीच मुख्यमन्त्रीसँगै प्रदेशका सभामुख उपसभामुखको पनि भागबण्डा भएको छ । आइतबार साँझ बसेको सत्ता साझेदार दलका शीर्ष नेताको बैठकले मुख्यमन्त्रीसँगै सभामुख उपसभामुख पनि टुंगो लगाएको हो । 

जसमा माओवादीले चारवटा प्रदेशको सभामुख पाएको छ भने एमालेले २ वटा र राप्रपाले १ प्रदेश सभामुख पाएको छ । सहमति अनुसार पहिलाे चरणमा एमालेले सुदूरपश्चिम लगायत चार प्रदेशकाे मुख्यमन्त्री पाउने छ ।

दुई वर्षपछि भने सुदूरपश्चिमकाे मुख्यमन्त्री माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टले पाउने सहमती भएकाे छ । गण्डकीमा एमालेले र कर्णालीमा माओवादीले एकल पाँच वर्ष नेतृत्व गर्ने छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.