सुदूरपश्चिमकाे मुख्यमन्त्रीमा खगराज भट्ट ! यस्ताे छ भागबण्डा

धनगढी । प्रदेश सरकार गठनको मिति नजिकिएसँगै दलहरू आन्तरिक छलफलमा जुटेका छन्। प्रदेश प्रमुखलाई पनि फेर्ने अहिलेकाे सत्ता गठबन्धनले पहिलाे चरणमा सभामुख लगायत प्रदेश सरकार गठनमा भागबन्डा मिलाउन बालुटारमा साँझ बैठक बस्न थालेकाे छ ।

सात प्रदेशमध्ये गठबन्धनकाे ठूलाे दल एमालेकाे नेतृत्वमा चार प्रदेश  प्रदेश १, बाग्मति, गण्डकी र कर्णालीमा दावी गरेकाे छ । लुम्बिनी र सुदूरपश्चिम दुईवटा प्रदेशमा माओवादी र मधेश प्रदेशमा जसपा र जनमत मध्ये एकलाई दिने एक किसिमकाे सहमती यसअघि नै भैइसकेकाे बताइएकाे छ । उच्च स्राेतका अनुसार त्याे भद्र सहमतिलाई आजकाे बैठकबाट पास गरिने छ । 

मधेश प्रदेशमा जसपा र जनमत मध्ये एकलाई मुख्यमन्त्री र अर्काेलाई प्रदेश प्रमुख वा सभामुख राेजेकाे स्थान पाईने छ । यस्तै यता सुदूरपश्चिममा पनि पछिल्लाे समय नागरिक उन्मुत्ति पार्टिले मुख्यमन्त्री दावी गरेकाे भन्ने विषयमा उच्च स्राेतले भन्याे- ‘माओवादीकै नेतृत्वमा सरकार गठन हुन्छ, उन्मुत्तिले प्रदेश प्रमुख र एक राेजेकाे मन्त्रालय पाउन्छ ।’ सुदूरपश्चिम प्रदेशसभाकाे सभामुख एमाले भागमा परेकाे स्राेतकाे दावी छ ।

स्राेतकाे यही भनाई अनुसार सरकारकाे नेतृत्व गर्ने जिम्मेवारी माओवादीले पाउने हाे भने साे पार्टीका संसदीय दलका नेता खगराज भट्ट बिहीवार साँझसम्म प्रदेशकाे दाेस्राे मुख्यमन्त्रीमा नियुक्त हुने निश्चत छ । 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.