डडेलधुरा प्रदेश सभा–१ मा माओवादीका खगराज भट्ट विजयी

धनगढी। डडेलधुराको प्रदेश सभा–१ मा वाम–लोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का खगराज भट्ट विजयी भएका छन् ।

मुख्य निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार उनी १२ हजार ११२ मत ल्याउँदै प्रदेशसभा सदस्यमा निर्वाचन भएका हुन् । नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज एवं स्थायी समिति सदस्यसमेत रहेका भट्टले नेकपा एमालेका पठानसिंह बोहरालाई दुई हजार ९१८ मतले पराजित गरे ।

उनका निकटतम् प्रतिद्वन्द्वी बोहराले नौ हजार १ सय ९५ मत पाएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.