डडेल्धुरामा प्रधानमन्त्री देउवा मतान्तर बढाउँदै,अहिलेसम्म कस्काे कत्ति ?

धनगढी । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मतान्तर बढाएका छन्। प्रतिनिधि सभा सदस्यमा उनले सागर ढकाल र कर्णबहादुर मल्लसँग मतान्तर बढाएका हुन्।

देउवा दोब्बरभन्दा बढी मतान्तरले अगाडि लागेका छन्। १० हजार ३७८ मत गन्दा देउवा ५ हजार ३८९ मत ल्याएर अग्रस्थानमा रहेका हुन् । उनलाई स्वतन्त्र उम्मेदवार ढकालले पच्छ्याइ रहेका छन्। नेपाली काँग्रेस वीपीका उम्मेदवार मल्ललाई पछारी पार्दै स्वतन्त्र उम्मेदवार सागर ढकाल दोश्रो स्थानमा छन्। उनले २ हजार ४७१ मत पाएका छन्। काँग्रेस वीपीका उम्मेदवार मल्लले १ हजार ५७१ मत पाएका छन्।

जिल्लामा प्रतिनिधि सभा सदस्यको ६ सय ५६  मत बदर भएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.