धनगढी। कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ का पाँच दलीय गठबन्धनले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ। शुक्रबार धनगढीमा पत्र सम्मेलन गर्दै गठबन्धनले प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो।
गठबन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेदवार डिल्लीराज पन्त र प्रदेश सभा सदस्यका उम्मेदवार प्रकाशबहादुर देउवा र रमेश धामीले डुबान समस्याको समाधान गर्ने, कटान रोक्न तटबन्धन गर्ने, स्तारीय सडक सञ्जालको विकास गर्ने, खानेपानी, शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रतिवद्ध भएर काम गर्ने घोषणा गरेका छन्।
स्थिर सरकारको निर्माण गर्न, योजनावद्ध विकास गर्न, सुशासन र जवाफदेही सरकार निर्माण गर्न गठबन्धनका उम्मेदवारलाई मत दिन अपिल गरिएको छ। प्रतिनिधि सभाका पाँच दलीय गठबन्धनका साझा उम्मेदवार एवं नेपाली काँग्रेसका नेता डिल्लीराज पन्तले निम्न अनुसार प्रतिवद्धता सार्वजनिक गरेका छन्।
१) संसदबाट जनताको जनजीविका तथा समृद्धिको अधिकारसँग जोडिएका नीति तथा ऐन कानुन निर्माणमा केन्द्रीत हुने,
२) कैलाली निर्वाचन क्षेत्र नम्बर ५ लाई आर्थिक, शैक्षिक, स्वास्थ्य तथा पर्यटन र खेलकुद केन्द्रका रुपमा विकास गर्न दीर्घकालीन र व्यवस्थित योजना निर्माण गरी तीनै तहका सरकारसँग अर्थपूर्ण समन्वय रसहकार्यमा अघि बढ्ने,
३) अव्यवस्थित सहरीकरण तथा बसोबासका साथै डुबान, अतिक्रमण र नदी कटानको एकिकृत र दीर्घकालीन योजनामार्फत समस्या हल गर्ने,
४) संघीय तथा प्रदेश सरकारका साथै विश्व बैंक, एसियाली विकास बैंक लगायतका दातृ निकायको समन्वयमा पूरै क्षेत्रमा अन्तर्राष्ट्रिय मपदण्डअनुरुपको सडक सञ्जाल विस्तार गर्ने,
५) कैलाली निर्वाचन क्षेत्र नम्बर ५ लाई हरित सहरका रुपमा विकास गर्ने, वन जंगलको दीर्घकालीन व्यवस्थापन गर्दै वन क्षेत्रलाई जनताको आर्थिक समृद्धिको आधार बनाउने गरि नीति र कार्यक्रम लागू गर्ने,
६) कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा पर्ने २१ वटै वडामा ५ वर्षभित्र खानेपानी र विजुलीको पँहुच विस्तार गर्ने, हरेक वडामा नमुना सामुदायिक विद्यालय, दुबै प्रदेश सभा क्षेत्रमा प्राविधिक शिक्षालय, फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, सबै वडामा बाल उद्दान र बाल मनोर्न्जन स्थल, कम्तिका पाँच वटा आधुनिक पार्क, अत्याधुनिक वसपार्क, फोहरमैला प्रशोधन केन्द्र, सेती प्रादेशिक अस्पतालको स्तरोन्नती, सबै वडामा विशेषज्ञ सेवा सहितको स्वास्थ्य केन्द्र, प्रत्येक वडामा सार्वजनिक स्थल, वसपार्कमा सार्वजनिक शौचालय निर्माण गर्न वजेटको व्यवस्थापन गर्ने,
७) जग्गा बिहिन दलित, सुकुम्बासी, मुक्त कमैया तथा अव्यवस्थित बसोबासीलाई एक वर्षभित्र जग्गाधनी पुर्जा उपलब्ध गराउने,
८) मोहना नदी, खुटीया नदी, शिवगंगा र घुराही नदीमा आगामी पाँच वर्षभित्र तटबन्ध निर्माण गर्ने,
९) उर्मा र फूलबारी तथा कैलारी गाउँपालिका वडा नम्बर ६ र ९ को केन्द्रमा आगामी तीन वर्षभित्र २५ शय्याको सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने,
१०) नेतुवा ताल, बेहडाबाबा ताल, जाखौर ताल, शिवपुरी धाम, कनरी पार्क, धुधुवा ताल र कोइलही ताललाई समेटेर एकिकृत बृहत्तर पर्यटन गुरुयोजना निर्माण गरि कार्यान्वयन गर्ने,
११) रिङ रोड तथा हुलाकी र सघन सहरी सडकहरूको निर्माण पूरा गर्ने,
१२) धनगढी उपमहानगरपालिका वडा नम्बर(३ मा प्रस्तावित अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक टर्मिनलसहितको बसपार्क निर्माण गर्ने, वडा नम्बर १९ मा बहुउद्देश्यीय कभर्डहल निर्माण गर्ने,
१३) कृषि योग्य जमिनको खण्डिकरण हुन नदिने नीति सहित आवश्यकताअनुसार कृषि तथा पशुपालन पकेट क्षेत्र विस्तारमा जोड दिने,
१४) धनगढीको वडा नम्बर १५ र १६ मा औद्धौगिक क्षेत्र स्थापना गर्न ठोस पहल गर्ने,
१५) युवा स्वरोजगारका लागि अर्जुन दृष्टिसहित काम गर्ने,
१६) लागु पदार्थ दुर्व्यसनमा परेका युवा तथा बालबालिकालाई कुलतबाट जोगाउँदै योग्य र कर्मठ नागरिकका रुपमा रुपान्तरण गर्न पुनर्स्थापना केन्द्र विस्तार गरिने,
१७) दलित, लैङ्गिक अल्पसंख्यक, विपन्न समुदायको आर्थिक सुधारका लागि ठोस नीति र कार्यक्रम बनाइने,
१८) निर्वाचन क्षेत्रमा रहेका सबै सडकको स्तरोन्नती, ढल निकास तथा खोला र नदीमा पुल निर्माण गर्ने, वडा नम्बर १४, १८ र १९ मा ल्याण्डपुलिङ योजना लागु गर्ने,