‘सुदूरपश्चिमबाट म एक्लाेलाई प्रधानमन्त्री बनाउनेकाे गुन तिराैं’ देउवा

धनगढी । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले सुदूरपश्चिमभरकाे आफु एक्लाे संसदलाई सत्ता गठबन्धनका नेताहरुले प्रधानमन्त्री बनाएकाे भन्दै उहाँहरुकाे गुन फर्काउन गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गरेका छन् । पाँच दलिय बाम लाेकतान्त्रीक गठबन्धकाे सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज धनगढीमा सम्बाेधन गर्दै प्रधानमन्त्री देउवाले यस्ताे बताएका हुन् । 

उनले याे समय टिकट नपाएकाे भन्दै असन्तुष्ट रहने नभएर सहयाेगी एक अर्काेलाई सघाएर जाने समय भएकाे बताए । संविधानकाे रक्षा र प्रतिगमनबिरुद्ध एकअर्काकाे चुनाब चिन्हमा मतदान गर्नु परेकाे समेत उनले प्रष्ट पारे । चुनाबपछि गठबन्धन कै सरकार हुने र टिकट नपाएकाकाे ब्यवस्थापन त्यही सरकारले गर्नेमा ढुक्क रहन उनकाे आग्रह थियाे । 

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विगतमा काँग्रेस कम्न्युटकाे सहकार्यमा ठुल्ठूला परिवर्तन भएकाे स्मरण गराउदै ती उपलब्धीकाे रक्षार्थ यस पटक गठबन्धन गरिएकाे बताए । राजनीतिक तथा सामाजिक क्रान्तिपछि अब देश र जनताकाे समृद्धिकालागि आर्थिक क्रान्ति गर्नुपरेकाे बताए । आफुले तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद काेईरालासँग शान्ति सम्झाैंतामा हस्ताक्षर गर्दै रुखमा भाेट दिएकाे भन्दै चुनाबपछि पनि सहअस्तित्व र सहकार्यकाे राजनीति आवश्यक रहेकाे उनकाे भनाई थियाे । 

नेकपा माओवादी केन्द्र सुदूरपश्चिमकाे ब्यवस्थापनमा भएकाे कार्यक्रमलाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधबकुमार नेपाल काँग्रेस बरिष्ठ नेता रामचन्द्र पाैडेल लगायतले सम्बाेधन गरेका थिए ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.