‘छलफल नहुँदा असन्तुष्टि पाेखे पनि गठबन्धनका उम्मेदवार जिताउन्छाैं’

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) डोटीभित्र अव कुनै पनि प्रकारको बिवाद नरहेको सन्देश नेताहरुले दिएका छन् ।  लाेकतान्त्रिक बामगठबन्धन डोटीले बोगटान फुड्सिल गाउँपालिकामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा माओवादी नेताहरुले उक्त कुरा स्पस्ट गरेका हुन ।

यसअघि माओवादीको भागमा परेको प्रदेशसभा ‘ख’ मा टिकट बितरणमा क्रममा देखिएकाे बिवाद हल भएको हो । माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य तथा प्रदेश सभा सदस्यका उम्मेदवारका लागि सिफारिस भएका नेताहरु प्रेम कुँवर ‘प्रख्यात’ र मिनबहादुर घर्ति ‘बिश्व’ले उम्मेदवार छनाैंटमा षडयन्त्र भएकाे भन्दै माओवादी केन्द्र तर्फबाटका उम्मेदवार शिब सिं ओलीलाई अस्वीकार गर्ने बिज्ञप्ती जारी गरेका थिए ।

उनीहरु नै अहिले चुनावी प्रचारप्रसारमा लागेका छन् । यसअघि असन्तुष्ट भनिएका नेताद्धोय कुँवर र घर्तिमगरले गठबन्धनका उम्मेदवारसहित सहभागी कार्यक्रममा लोकतान्त्रिक बामगठबन्धनका उम्मेदवारलाई बिजयी गराउनका लागि अपिल गरे । कार्यक्रममा बोल्दै कुँवरले भने ‘ओलीको निरंकूसताको अन्त्य गर्न, संविधान र गणतन्त्रको रक्षाकालागि गठबन्धनका उम्मेदवार जित्न आबश्यक छ हामीले जित्नुको बिकल्प छैन् ।’

पार्टीको निर्णय पक्रीयाका सम्बन्धमा असन्तुष्टि रहेपनी उम्मेदवारलाई बिजयी गराउने सन्दर्भमा कुनै कसर बाँकी नराख्ने कुँवरले बताए । यस्तै अर्का नेता घर्तिमगरले पनि पार्टीको निर्णय मानेर जाने बताए । पार्टी भित्र भएको बिवाद पुर्णरुपमा हल भएको माओवादी केन्द्र डोटी ईञ्चार्ज तथा प्रदेश सभा ‘ख’का उम्मेदवार शिब सि ओलीले बताए । ओलीले भने ‘ हाम्रो पार्टी भित्र निर्णय नहुन्जेल मतमतान्तर हुन्छन निर्णयपछि सबै एक भएर लाग्छन् यही नै सुन्दर पक्ष हो ।’

पार्टीका नेताहरुका बिचमा भएको भनिएको बिवाद अन्त्य भएपछि माओवादी केन्द्रका कार्यकर्तामा उत्साह थपिएको छ । माओवादी भित्रको बिवाद हल हुनु गठबन्धनकालागि पनि सकरात्मक बिषय बनेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.