डडेल्धुरामा एमाले–बिपीकाँग्रेस तालमेल भंगपछि देउवालाई झन सहज

डडेल्धुरा। नेकपा एमाले डडेल्धुराले नेपाली काँग्रेस बीपीसंग गरेको चुनावी तालमेल तोडेपछि डडेल्धुरामा चुनावी प्रतिस्पर्धा के कस्तो होला भनेर चाँसो बढेको छ। तर स्थानीय नेता भने डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका सभापति देउवाका पक्षमा पल्लाभारी भारी भएकाे बताउद्छन् ।

नेकपा एमाले डडेल्धुराले नेपाली कांग्रेस (बिपी) सँगको चुनावी तालमेल भंग गरेपछि देउवालाई सजिलो हुने भएकाे उनीहरुकाे दावी छ । २०४८ सालदेखि सोही क्षेत्रबाट निरन्त चुनाव जित्दै आउनुभएका देउवालाई यस पटक अझै सहज हुने नेपाली कांग्रेस डडेलधुराका नेता रमेश रावलले बताए । उनले भने, ‘डडेल्धुरामा शेरबहादुर देउवाले मनोनय गरिसकेपछि पुग्छ । जिल्लामा उहाँले पहिलेदेखि नै गरेको काम प्रति जनता सन्तुष्टि छन् । त्यसैले यसपटक कोहीसँग खासै प्रतिष्पर्धा नै हुँदैन् देउवाको जित् सुनिश्चित छ ।’

डडेल्धुरामा प्रतिनिधि सभातर्फ प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित ८ जना उम्मेदवार छन् ।सहमतिविपरीत बिपी कांग्रेसले डडेल्धुराको प्रदेश निर्वाचन क्षेत्र २ मा आफ्ना उम्मेदवारलाई नभई स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेको भन्दै एमालेले चुनावी तालमेल भंग गरेको हो । एमाले जिल्ला अध्यक्ष प्रकाशबहादुर साउँद र सचिव गजेन्द्र शाहीले जारी गरेको विज्ञप्तिमा एमाले एकल रूपमा चुनावमा जाने उल्लेख छ ।

यसअघि बिपी कांग्रेससँग तालमेल गर्नकै लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले डडेल्धुरामा प्रतिनिधि सभातर्फ उम्मेदवारी दर्ता गराएका चक्रप्रसाद स्नेहीको उम्मेदवारी फिर्ता गराएका छन्। बिपी कांग्रेसले केन्द्रीय तहमा गरेको सहमति नमानेर नेकपा एककिृत समाजवादीसँग तालमेल गर्ने तरखर गरेपछि एमालेले हात झिकेको हो ।

डडेलधुरामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पछि नेकपा एमाले ठूलो शक्ति हो। त्यसपछि आउने बिपी कांग्रेसलाई एमालेले सहयोग नगर्ने भएसँगै आगामी चुनावका लागि बिपी कांग्रेसलाई चुनौती थपिएको छ भने गठबन्धनका उम्मेदवार कांग्रेस सभापति देउवाले यसलाई चुनाव जित्ने सहज अवसरका रुपमा लिइएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.