सुदूरपश्चिम प्रदेश सरकारमा दुई जना राज्यमन्त्री थपिए

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा २ जना राज्यमन्त्री थपिएका छन्। शुक्रबार नेकपा (एकीकृत समाजवादी) संसदीय दलकाे आग्रहमा प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश संसद २ जनालाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन्। 

प्रदेशको भौतिक पूर्वाधार राज्यमन्त्रीमा शुशिला बुढाथोकी र आर्थिक मामिला राज्यमन्त्रीमा बलबहादुर सोडारीलाई नियुक्त गरिएको छ। यी दुबै मन्त्रालय समाजवदीकै जिम्मामा रहेका छन् ।

उनीहरु नेकपा एकीकृत समाजवादीका तर्फबाट राज्यमन्त्री बनेका हुन्। उनीहरु दुवै जनाले पद तथा गोपनियताको सपथ पनि लिइसकेका छन्। यसअघि आर्थिक मामिला राज्यमन्त्री रहेका अम्मर साउदलाई फिर्ता बोलाएर एकीकृत समाजवादीले उनको सट्टामा सोडारीलाई पठाएको हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.