धनगढी । सुदूरपश्चिम प्रदेश सरकाले प्रदेशको प्रथम पञ्चबर्षिय योजना (आर्थिक बर्ष २०७८/०७९–२०८२/०८३) स्वीकृत गरेको छ । बिहीवार बसेकाे मन्त्रीपरिषद बैठकले प्रदेशको पञ्चबर्षिय योजना स्वीकृत गरेकाे हाे ।
सरकारका प्रबक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री डा. रणवहादुर रावलका अनुसार बैठकले प्रदेश नीति तथा याेजना आयाेगकाे कार्यकारी उपाध्यक्षमा माेहनदेव बिष्ट र सदस्यमा डा.जगत बहादुर सिँह रावललाई नियुक्त गरेको छ । यस्तै सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान नियमावली २०७९ को मस्यौदासमेत स्वीकृत गरेको उनले बताए ।
यस्तै, मन्त्रीपरिषद बैठकले भू तथा जलाधार ब्यवस्थापन कार्यालयहरुको संगठनात्मक पुर्नसंरचना प्रस्तावना २०७९ लाई स्वीकृत गरेको मन्त्री रावलले जानकारी दिए । उनकाअनुसार यसै बैठकले सुदूरपश्चिम प्रदेश कृषि तथा पशुपन्छी ब्यवसाय प्रबद्र्धन नियमावली २०७९ पनि स्वीकृत गरेको छ ।