सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा बिष्ट नियुक्त

धनगढी । सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगको कार्यकारी उपाध्यक्षमा मोहनदेव बिष्ट नियुक्त भएका छन् । यसअघि सदस्य रहेका बिष्टलाई आज विहीबारको मन्त्रीपरिषद बैठकले उपाध्यक्षमा नियुक्त गरेको हो ।

प्रदेश सरकारबाट नेकपा एमाले बाहिरीएसँग गत वर्ष नै यसअघिका उपाध्यक्ष केशरवहादुर साउदले राजिनामा दिएका थिए । दार्चुला घर भएका नवनियुक्त बिष्ट सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रको तर्फबाट सिफारिस भएको बुझिएको छ । नवनियुक्त उपाध्यक्ष बिष्टले विहीवार नै आयोगका अध्यक्षसमेत रहेका मुख्यमन्त्री त्रिलोचन भट्टबाट सफथ ग्रहण गरेर कार्यभार सम्हालेको मुख्यमन्त्री भट्टका नीजि सचिब कृष्णराज जोशीले जानकारी दिए ।

यस्तै सदस्यमा डा. जगतवहादुर सिंह रावल पनि नियुक्त भएका छन् । कैलालीको टीकापुरका रावल नेपाली काँग्रेस कोटाबाट परेका हुन् । उनले पनि कार्यकारी उपाध्यक्ष बिष्टबाट सफथ ग्रहण गरेर पदभार सम्हालेकाे आयोगका निमित्तप्रमुख भूवनेश्वरी धामीले जानकारी दिए । अर्को एक जना महिला सदस्य सत्ता गठबन्धन नेकपा (एकिकृत समाजवादी)का भागमा परेको भएपनि नियुक्त भएको छैनन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.