डाेटी । संघीयताकाे मर्मअनुसार जनतालाई नजिकबाट सर्वसुलभ सेवा दिलाउन प्रदेश सरकार कटिबद्ध रहेकाे सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले बताएका छन् । शनिबार यातायात व्यवस्था कार्यालय डोटीकाे सवारी चालक लाइसेन्सको प्रयाेगात्मक परीक्षा सञ्चालनस्थलकाे उद्घाटन गर्दै यस्ताे बताएका हुन् ।
प्रदेश सरकार गठन हुनुभन्दा पहिले सुदूरपश्चिमका जिल्ला सदरमुकाम जाेड्ने सडक मात्रै कालाेपत्रे रहेकाेमा अहिले चार बर्ष केही महिनामै भित्रि सडकहरुका करीब ७०० किलाेमिटर पक्की भएकाे बताए । जनतालाई नजिकबाट सर्वसुलभ सेवा सुविधा दिन संघीयताकाे कार्यान्वयन गर्दै प्रदेश सरकारले जनमुखी ऐन नियम (कानून) बनाएर जनतालाई आफ्नाेत्वकाे आभास दिलाउन खानेपानी, कृषि, शिक्षा, स्वास्थ्य लगायतका अधारभूत समस्याहरुकाे समाधानमा लागेकाे बताए ।
प्रदेश सरकारले एउटा गतिलाे काम नगरेकाे भन्ने हल्ला राजनीतिक स्वार्थ लिनेहरुकाे मात्रै भएकाे भन्दै मुख्यमन्त्री भट्टले आफ्नाे नेतृत्वकाे सुदूरपश्चिम प्रदेश सरकारले सात/आठ दशकसम्म भएकाे विकास निर्माण भन्दा दाेब्बर विकास गरेकाे दावी गरे ।