कारवाहीमा परिसकेका इन्चार्ज भट्टले माओवादी छाडेको घोषणा गरेपछि…

धनगढी । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा अन्तरघात गरेको भन्दै कारवाहीको सिफारिस गरिएका डडेल्धुराकाे अमरगढी नगर ईञ्चार्ज शिद्धराज भट्टले हाल आएर पार्टी छाडेको घोषणा गरिरहेको छ्न ।

अमरगढी अध्यक्ष यादव आझाले यस्ताे भ्रममा काही पनि नपर्न आग्रह गरेका छन् । उनले भने ‘पार्टीबाट पहिले नै कारवाही भएका व्यक्तिले अहिले आएर पार्टी छाडे भन्दै हिँड्ने गरिरहेकोले यस्ता भ्रममा नर्पन अमरगढीभित्रका माओवादी केन्द्रका साथीहरुलाई आग्रह गर्दछु ।’ कारवाहीमा परेकाहरुले पार्टीविपरीत सामाजिक सञ्जालमा भ्रम छरिरहेको अध्यक्ष ओझाको भनाई छ।

नेकपा माओवादी अमरगढी नगर कमिटीले काँग्रेस विपीलाई सहयोग गरेको भन्दै नगर कमिटी इन्चार्ज सिद्धराज भट्टलाई कारबाही गर्न जिल्लासमक्ष सिफारिस गरेको थियो। यस्तै अमरगढी सह–इन्चार्ज करुणाकर ओझा र अमरगढी उपाध्यक्ष नारायण जोशी कांग्रेसको चुनावी अभियानमा सहभागी भएको भन्दै दुवैलाई कारबाहीका लागि सिफारिस गरिएको थियो। तीनैजनालाई कारबाहीका लागि गत जेठ १६ गते नै निर्णय गरेर सिफारिस गरिएको थियो।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.