
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रदेशसभाबाट पारित भएको छ । बुधबार बसेको प्रदेशसभाको दोस्रो बैठकले बजेट पारित गरेकाे हो ।
प्रतिपक्षी दल एमाले र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरुले विपक्षमा मत दिएपनि सत्तापक्षीय संसदले एक स्वरले पास गरेका थिए । यसअघि आज नै प्रदेश सरकारले एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक जनता समाजवादी पार्टीका माग सम्बोधन गर्न सकारात्मक रहेको भन्दै १४ बुँदे सहमति गरेपछि प्रदेशसभा बैठक बसेकाे थियाे ।
आर्थिक वर्ष २०७९–०८० का लागि प्रदेश सरकारले ३६ अर्ब ७४ करोड ६४ लाख रुपियाँको बजेट प्रस्तुत गरेको छ ।आज प्रदेशसभा सदस्यहरूले बजेटमाथि छलफल गरेका थिए । लामो छलफलपछि दोस्रो पटक राति ८ :४५ बजे बसेको बैठकले बजेट पारित गरेको हो ।
