बाजुराकाे बुढीगंगामा एमालेका उम्मेदवार जित नजिक

धनगढी । बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतगणनामा एमालेका तर्फबाट प्रमुख र उपप्रमुखका उम्मेदवार जित नजिक पुगेका छन्। अब गणना गर्न झण्डै १६ सय मत मात्र बाँकी रहेको छ। अहिलेवडा नम्बर ५ र ६ को मतगणना भइरहेको छ। यी दुवै वडा एमालेको पकड क्षेत्र रहेकाले पनि एमालेको जित सुनिश्चित देखिएको हो।

अहिलेसम्म ७ हजार ४ सय १९ मतगणना हुँदा नेकपा एमालेका नगरप्रमुखका उम्मेदवार रामबहादुर बानियाँले ३ हजार ८ सय ८१ मत ल्याएका छन्, भने कांग्रेसका नगरप्रमुखका उम्मेदवार रंगबहादुर खातिले ३ हजार १ सय १ मत प्राप्त गरेका छन्। मेयरमा एमालेले ७ सय ८० को अग्रता कायम राखेको छ।

त्यस्तै, नेकपा एमालेका उपप्रमुखकी उम्मेदवार मायाकुमारी खडकाले ३ हजार ७ सय ५३ मत ल्याएकि छन् भने कांग्रेसकी उपप्रमुखका उम्मेदवार रिता शाहीले ३ हजार १ सय ५३ मत ल्याएकी छन्। उपप्रमुखमा ६ सयले एमाले अगाडि रहेको छ।

 बुढीगंगा नगरपालिका वडा न १, २, ९, १०, ८, ७, ४ र ३ को गणना सम्पन्न भएको छ। अब २ वटा वडाको गणना बाँकी रहेको छ। ११ बजेभित्र पुरै मतपरिणाम आइसक्ने निर्वाचन कार्यलय बाजुराले जनाएको छ ।

मतगणना सकिएको १, २, ३, ९ र १० नम्बर वडामा एमाले विजयी भएका छन्। यस्तै, वडा नम्बर ४, ७ र ८ मा कांग्रेस विजयी भएका छन्।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.