सुदूरपश्चिम सरकारबाट कुन स्थानीय तहलाई कति बजेट ? (सूचीसहित)

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अन्तर सरकारी हस्तान्तरणबाट प्रदेशका ८८ वटा स्थानीय तहका लागि एक अर्ब ३६ करोड ४० लाख बजेट विनियोजन गरिएको छ। असार १ गते प्रदेशसभामा आर्थिक मामिला मन्त्री प्रकाश रावलले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट प्रस्तुत गरेका थिए। जसमध्ये प्रदेशका ८८ वटा स्थानीय तहका लागि एक अर्ब ३६ करोड ४० लाख बजेट विनियोजन गरेकाे हाे ।

प्रदेश सरकारले स्थानीय तहलाई समानिकरण, विशेष र समपुरक अनुदान मात्रै दिँदै आएको छ। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा सबैभन्दा बढी कैलालीको घोडाघोडी नगरपालिकालाई अनुदान दिने भएको छ। अन्तर सरकारी हस्तान्तरणबाट घोडाघोडी नगरपालिकालाई ३ करोड ६७ लाख २६ हजार बजेट विनियोजन गरेको छ। यस्तै धनगढी उपमहानगरपालिकालाई आगामी आर्थिक वर्षमा ३ करोड २३ लाख ४५ हजार अनुदान दिनेछ। 

प्रदेश सरकारले सबैभन्दा कम अनुदान भने डोटीको पुर्वीचौकी गाउँपालिकाका लागि विनियोजन गरेको छ। उक्त गाउँपालिकाले प्रदेश सरकारबाट ६७ लाख ६१ हजार बजेट मात्रै पाउने छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.