सुदूरपश्चिम प्रदेशकाे बजेट अधिवेशन आजबाट सुरु हुँदै

धनगढी । सुदूरपश्चिम प्रदेश सभाकाे बजेट अधिवेशन आजबाट सुरु हुँदैछ । सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जाेशीबाट आज दिउँसाे ३ वजेदेखि सुरु हुने गरी अधिवेशनकाे आब्हान भएकाे प्रदेशसभा सचिवालयले जनाएकाे छ ।

यसअघि गत शुक्रवार बसेकाे मन्त्रीपरिषद बैठकले अधिवेशन आब्हानकालागि प्रदेश प्रमुखसँग आग्रह गर्ने निर्णय गरेकाे थियाे । अधिवेशन सुरु भएपछि दुई तीन दिनभित्रै प्रदेश सरकारले आगामी वर्षकालागि नीति तथा कार्यक्रम ल्याउने र साेही अनुसार असार १ गते बजेट प्रस्तुत गरिने मुख्यमन्त्री त्रिलाेचन भट्टकाे सचिवालयले जानकारी दिएकाे छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.