सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन १६ गतेबाट सुरु हुने

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेश जेठ १६ गतेबाट सुरु हुने भएको छ । शुक्रबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

मन्त्रीपरिषद बैठकका निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं आन्तरिक मामला तथा कानूनमन्त्री डा. रणवहादुर रावलले प्रदेशसभाको दशौं अधिवेशन आव्हान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएको बताए ।

जेठ १६ गते दिउँसो ३ बजेका लागि अधिवेशन बोलाउन निर्णय गरेको उनको भनाइ थियो । मन्त्रीपरिषद बैठकको निर्णयअनुसार प्रदेश प्रमुखले प्रदेशसभा अधिवेश आव्हान तथा अन्त्य गर्ने संवैधानिक प्रावधान रहेको छ ।

मन्त्री रावलकाअनुसार आजको बैठकले प्रदेश तथा स्थानीय तहबीच समन्वय कायम गर्न तथा विवाद समाधानको व्यवस्था गर्न बनेको विद्येयक प्रदेशसभामा पेश गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई स्वीकृति समेत प्रदान गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.